• १३ असोज २०८३, मंगलबार
  • ४ः२३ बेलुका

आजै चुनावको मिति तोक्ने सरकारको तयारी, गठबन्धनको बैठक पुनः बस्दै

प्रकाशित मिति

२०७९ श्रावण १९ गते, बिहीबार ०७:५२

१९ साउन २०७९, काठमाडौँ : सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

National Life

त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।


निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया