• 12:56 pm

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०६:१४

१५ साउन २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा पुगेको छ।


यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २४ पैसा र बिक्री दर १२९ रुपैयाँ ८५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८५ पैसा र बिक्री दर १५४ रुपैयाँ ५८ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिकृया