• १३ असोज २०८३, मंगलबार
  • २ः५२ दिउँसो

पूर्व कप्तान पारसले लिजेन्ड्स क्रिकेट लिग खेल्ने

प्रकाशित मिति

२०७९ श्रावण ८ गते, आईतवार ०६:४९

८ साउन २०७९, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् । भारतमा आयोजना हुने प्रतियोगितामा आफ्नो सहभागिता हुने खड्काले फेसबुक मार्फत जानकारी गराएका हुन् ।

National Life

प्रतियोगिता आगामी सेप्टेम्बरदेखि अक्टोबरसम्म हुनेछ । प्रतियोगितामा विश्व भरका पूर्व खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ४ टोली हुनेछन् । जसमा ११० लेजेन्ड्स खेलाडी हुनेछन् ।


प्रतियोगितामा कुल १५ खेल हुनेछ । यस पटक पारससहित ५० खेलाडी पक्का भइसकेको लेजेन्ड्स लिग क्रिकेटले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया