• १३ असोज २०८३, मंगलबार
  • ३ः३० दिउँसो

भारत प्रस्थानको तयारीमा रहेको साफ यू-२० नेपाली फुटबल टिमको बिदाइ

प्रकाशित मिति

२०७९ श्रावण ६ गते, शुक्रबार ११:४७

६ साउन २०७९, काठमाडौंः साफ यू-२० मा सहभागी हुन भारत प्रस्थानको तयारीमा रहेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज बिदाइ गरिएको छ।राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे। नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन्।

National Life

मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै साफ यू-२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका थिए। जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहने छ।


टिममा ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमीत श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतीशरत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया