• १४ असोज २०८३, बुधबार
  • ६ः१७ बेलुका

सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित कास्कीको मादीका बासिन्दाका लागि खुलायो आइपीओ

प्रकाशित मिति

२०७९ श्रावण ६ गते, शुक्रबार १२:०७

६ साउन २०७९, काठमाडौंः सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आजबाट आईपीओ बिक्री खुलाएको छ। कास्कीको मादी गाउँपालिका -१, २ र ३ नम्बर वडाका बासिन्दाका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो। हाइड्रोपावरले स्थानीयका लागि जारी पुँजी ८५ करोडको १० प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको छ। खरिदमा इच्छुक स्थानीयले साउन ६ देखि २० गतेसम्म दरखास्त दिन सक्नेछन्।

National Life

उक्त समयसम्म स्थानीयबाट पर्याप्त आवेदन नपरे अवधि भदौ ५ सम्मका लागि लम्बिने जनाइएको छ। आईपीओमा आवेदन न्युनतम १० र अधिकतम १ लाख कित्तासम्मका लागि दिन सकिन्छ। आवेदन दरखास्त फाराम माच्छापुच्छ्रे बैंक मादी गापा-१ को कार्यालय, पोखराका मुक्तिनाथ विकास बैंक काहुँखोला, बैंक अफ काठमान्डू न्यूरोड र पोखरा फाइनान्स लगायतबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ। १३ मेगावटको यो आयोजनाको कुल लागत २ अर्ब ३१ करोड ७६ लाख ५५ हजार छ भने प्रति मेगावट उत्पादन लागत लगभग १७ करोड ८२ लाख ८१ हजार रुपैयाँ छ।


स्थानीय बासिन्दाका लागि हाइड्रोपावरले बिक्री गरेको सेयरहरु सर्वसाधरणलाई निष्कासन गरेर सेयर बाँडफाँट भएको मितिले ३ वर्ष पुरा नभएसम्म बिक्री वितरण वा हस्तानतरण गर्न पाइने छैन। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया