• १३ असोज २०८३, मंगलबार
  • ४ः०७ बेलुका

यू-२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार ०१:४२

१९ असार २०७९,काठमाडौं: भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा एएफसी यू–२० एसियन कप छनोटका लागि अहिले बन्द शिविरमा रहेको यू–२० राष्ट्रिय टोलीका खेलाडीको संख्या ३० मा झारिएको छ। मुख्य प्रशिक्षक मेघराज केसीले टोलीमा बोलाइएका ४१ खेलाडीमध्ये ११ खेलाडीलाई बाहिरिएका छन्।

National Life

नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ। एएफसी यू-२० छनोटमा नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ। तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।


नेपाली टिम

Classic Tech Mobile
Classic Tech Desktop

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख

डिफेन्डरः सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज ठोकर

मिडफिल्डरः अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनाग्या नकर्मी, आयुष घलान

फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी

प्रतिकृया