• १३ असोज २०८३, मंगलबार
  • ६ः५३ बेलुका

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाद्धारा पदभार ग्रहण

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार ०१:१०

१९ असार २०७९,काठमाडौंः नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले (आषाढ १७ गते शुक्रबार)देखि आफ्नो कार्यभार सम्हालेका छन्। नबिल बैंक लिमिटेडकोे असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो ।

National Life

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए।


भारतबाट चार्टर्ड एकाउन्टेन्सी (CA) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट(CPA) वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गर्नुभएका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघ (Management Association Nepal)  र सन् २०१५ माManager To Watch अज विधामा पुरस्कृत भएका थिए। कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ। यस नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ।

प्रतिकृया