• ४ साउन २०८३, सोमबार
  • १:४१ बिहान

बिर्तामोडमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन

प्रकाशित मिति

२०७९ असार ५ गते, आईतवार १०:४२

५ असार २०७९, काठमाडौंः झापाको बिर्तामोड नगरपालिकाले नगर भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरू गरेको छ।लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको टोली परिचालन गरेको हो। जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले बिर्तामोड डेङ्गुको जोखिम क्षेत्रभित्र रहेको जानकारी दिए।


नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरू गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईँले बताए। विषादी छर्किने प्राविधिकहरूलाई सही र प्रभावकारीरूपमा विषादी छर्कन निर्देशन दिइएको उनको भनाइ छ। यही असार ४ गतेदेखि सुरू भएको अभियान १७ गतेसम्म सञ्चालन हुनेछ। एकपटक छर्किएको विषादीले तीन महिनासम्म काम गर्ने नगरपालिकाले जनाएको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया