• ३ साउन २०८३, आइतबार
  • ९:२४ बिहान

सजिलो रेंटल एप्लिकेसन सञ्चालनमा (भिडियोसहित)

प्रकाशित मिति

२०७९ असार ५ गते, आईतवार १०:५४

घरमै बसी रोजेको सवारी साधन बुकिंग गर्न सकिने
सुमित्रा अधिकारी ५ असार २०७९, काठमाडौंः
परम्परागत रूपम चल्दै आएका सवारी साधन भाडामा लिने तथा भाडामा लगाउने प्रक्रियालाई आधुनिक प्रक्रियासँग जोडेर सजिलो रेंटल एप्लिकेसन सञ्चालनमा आएको छ । यसको मुख्य शाखा काठमाडौंमा रहेको छ भने यहाँबाट नेपालका ७७ वटै जिल्लामा आफ्ना सेवा सुविधा दिँदै आएको छ ।


सजिलो रेंटल एक एप्लिकेसनबाट सञ्चालन गर्न सकिने एप्स हो । जसमा ग्राहकहरुले घरमै बसी आफुले रोजेको सवारी साधन बुकिंग गर्न सक्ने छन् । त्यसै गरी भाडामा लगाउन इच्छुक सवारी धनीले होस्टिङ गर्न सक्ने छन्। यस एप्सका विकासकर्ता इन्जिनियर अर्जुन फुयाँल जो हाल अमेरिकामा रहेर यस प्रणालीको निग्रानी गरीरहेका छन् भने नेपालमा रहेका टिमहरू यसलाई सञ्चालन गरिरहेका छन् ।

Kamana Sewa

यस सजिलो रेंटलका सी.ई.ओ दामोदर फुयाँल हुन् भने यसका प्रबन्धक जे.डी गौतम रहेका छन् । सजिलो रेंटलले चार पाङ्ग्रे गाडीहरू ,व्यक्तिगत सवारी साधन, हाएस् र ट्याक्टरको सुविधा दिदै आएको छ ।

Classic Tech Desktop

यस रेंटल मार्फत घरमै नचलाई राखेका चार पाङ्ग्रे्र सवारी साधनलाई आफ्नो निष्क्रिय आयका रूपमा भाडामा लगाउन सकिने प्लेटफर्म बनेको छ।यस मार्फत आफुले चाहेको तथा रोजेको सवारी साधन बुकिंग गर्न सकिन्छ । शूल्कको हिसाबमा सवारी धनीले तोकेको मुल्यमा ग्राहकले रोज्न पाउने छन् । अहिले यस प्लेटफर्ममा ५०० भन्दा बढी सवारी साधनहरु छन् । कम्पनिका सी.ई.ओ दामोदर फुयाँलका अनुसार अहिलेसम्म ग्राहकहरूको प्रतिक्रया सन्तोषजनक रहेको र कुनै किसिम्मका विचौलीया रहेको छैन ।


फुयाँलले अरू रेंन्टल प्रकृया भन्दा अत्यन्त सुलभ र सुरक्षित रहेको बताए । यसमा प्रयोग हुने जतिपनि सवारी साधनहरू सबै कण्डिसनमा रहेको उनको दाबी छ ।


उनका अनुसार अरू रेंटल प्रक्रिया भन्दा यसमा कुनै पनि विचौलीया नरहने तथा जस्तो गाडीको मालिकले तोकेको रकम त्यस्तै ग्राहकले पाउने बताए । केहि समय पछि २४ सै घण्टा सेवा दिने र चार पाङ्ग्र्रे सवारी साधन मात्रै नभएर अब चाडै नै हेलिकप्टर पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको पनि बताए ।


यसै गरी अब चाडै सजिलो रेंन्टलका शाखाहरू सातै प्रदेशमा खोल्ने तयारी भएको छ ।अर्को नयाँ परियोजनामा सजिलो यातायात कम्पनी प्राइभेट लिमिटेड पनि सञ्चालनमा ल्याउने,जस मार्फत सजिलो रेंन्टलका लागी कम्पनीले स्वयम् गाडी लगानी गर्ने योजना रहेको सी.ई.ओ फुयाँल बताए ।


सवारी साधन रेंटलमा लगाउने यस योजनामा देश तथा विदेशमा रहेका लगानीकर्ता लगानीका लागी इच्छुक रहेको उनको भनाई छ । भिडियो

प्रतिकृया