• १३ असोज २०८३, मंगलबार
  • ४ः३१ बेलुका

थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

प्रकाशित मिति

२०७९ जेष्ठ २४ गते, मंगलवार ०१:२१

२४ जेठ २०७९, काठमाडौंः आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन ।

National Life

बान्थिदा लेप्हाथानाले १९ रनको योगदान गरिन् ।​ बलिङतर्फ नेपालका लागि मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले दुई–दुई विकेट लिइन् । त्यस्तै स्नेहा महराको नाममा एक विकेट हात पारिन् । नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । यसअघि भएका तीन खेलमा नेपालले दुई खेलमा जित निकालेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रतिकृया