• १४ असोज २०८३, बुधबार
  • ९ः३१ राती

यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

प्रकाशित मिति

२०७९ जेष्ठ २४ गते, मंगलवार ०१:२९

२४ जेठ २०७९, काठमाडौंः यमनको सरकार र त्यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ। यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुनबर्गको विशेष उपस्थितिमा ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रूपमा अघि बढेको बताइएको हो।

National Life

त्यहाँको सरकार र हुथीहरूले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो। त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता सुरु भएको हो। यमनमा कैयौँ वर्षदेखि हिंसा जारी राखेका ‍हुथी विद्रोहीहरूका प्रतिनिधि र यमनी सरकारका प्रतिनिधिबीच सकारात्मक रूपमा वार्ता अघि बढेको बताइएको छ।


त्यहाँ धेरै वर्षदेखि विद्रोह र हिंसा हुँदै गएपछि यसको राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिइएको थियो। सोही कारण संयुक्त राष्ट्रसंघका प्रतिनिधिको उपस्थितिमा विद्रोहको राजनीतिक समाधान निकाल्नका लागि भन्दै यो वार्ता सुरु भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया