• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध

प्रकाशित मिति

२०७९ जेष्ठ १७ गते, मंगलवार ०८:१७

१७ जेठ २०७९, काठमाडौँ : पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो ।


पोखरामा हुने बिहानका उडानहरु अवरुद्ध बनेका सुवेदीले जानकारी दिए । विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी छ ।

Kamana Sewa

विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया