• ६ साउन २०८३, बुधबार
  • ६:१९ बेलुका

रोनाल्डोको कीर्तिमानी ह्याट्रिकमा म्यानचेस्टरको जित

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ०६:२४

४ बैशाख २०७९, काठमाडौँ : क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा नर्वीच सिटीलाई पराजित गरेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेडले अंक तालिकाको पुछारको नर्वीचमाथि ३-२ गोलको जित हात पार्‍यो।


खेलको सातौं र ३२ मिनेटमा रोनाल्डोले गोल गर्दै म्यानचेस्टरलाई २-० गोलले अघि बढाएका थिए। नर्वीचका लागि डोवेलले पहिलो हाफको इन्जुरी टाइममा गोल फर्काएका थिए। दोस्रो हाफ सुरू भएको सातौं मिनेटमा पुक्कीले गोल गरेपछि नर्वीचले खेललाई २-२ को बराबरीमा ल्याएको थियो।

Kamana Sewa

रोनाल्डोले ७६ मिनेटमा ह्याट्रिक गर्दै म्यानचेस्टरलाई फेरि अग्रता दिलाए। रोनाल्डोको यो करिअरको ६०औं ह्याट्रिक हो। व्यवसायीक करिअरमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान रोनाल्डोको नाममा छ। उनी ६० ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने। उनले क्लब करिअरमा गरेको यो ५०औं ह्याट्रिक हो। यस्तै शनिबार फ्रिकिकमा गोल गर्दै ह्याट्रिक पूरा गरेका रोनाल्डोले डाइरेक्ट फ्रिकिकबाट ५८ पटक गोल गरेका छन्।

Classic Tech Desktop

लिगका अन्य खेलमा आर्सनलमाथि साउथह्याम्टनले तथा टोटेनहममाथि ब्राइटनले समान १-० को जित निकालेका छन्। जितसँगै म्यानचेस्टर अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। उसको ३२ खेलबाट ५४ अंक भएको छ। चौथो स्थानको टोटेनहमको ५७ अंक छ भने छैटौं स्थानमा झरेको आर्सनलको ५४ अंक छ।

प्रतिकृया