आईपीएलः बैंगलोरसँग दिल्ली १६ रनले पराजित
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार ०६:३१
४ बैशाख २०७९, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिबार रातिको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो ।
दिल्लीले पुरै २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । उसका लागि डेभिड वार्नर ६६, ऋषव पन्त ३४, पृथ्वी शले १६ रन बनाउँदा मिचेल मार्शले १४ रन जोडे । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट हात पारे ।

बैंगलोरका लागि दिनेश कार्तिकले ६६, ग्लेन म्याक्सवेलले ५५ रन बनाउँदा शाहबाज अहमेदले ३२ र विराट कोहलीले १२ रन बनाए । दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले एकएक विकेट लिए । यो जितसँगै ६ खेलमा ८ अंक जोडेको बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा ४ अंक जोडेको दिल्ली आठौं स्थानमा छ ।





प्रतिकृया