• 3:08 pm

२० हजार रुसी सैनिक मारिएको जेलेन्स्कीको दाबी

प्रकाशित मिति

२०७९ बैशाख ३ गते, शनिबार ०३:०७

३ बैशाख २०७९, काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता हालसम्म २० हजार रुसी सैनिक मारिएको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन च्यान सीएनएनलाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।


साथै उनले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताए । त्यस्तै युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनको भनाइ छ । ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, उनले भने । रुसले गत महिना युद्धमा आफ्ना १ हजार ३ सय ५१ सेना मारिएको र ३ हजार ८ सय २५ जना घाइते भएको जनाएको थियो ।


युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

प्रतिकृया