• 12:24 pm

सञ्जीव बराइलीसँग विवाह गर्दै मेलिना राई

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार ०६:२५

२ बैशाख २०७९, काठमाडौँ : गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् ।


मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् ।


‘दुई वर्षअघि नै इन्गेजमेन्ट भएको हो, अहिले सार्वजनिक मात्रै गरेको हुँ,’ मेलिनाले भनिन्, ‘यसै वर्षभित्र विवाह पनि गर्दैर्छौं ।’ सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् ।

प्रतिकृया