• 2:57 pm

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.गेहब्रेयस वैशाख ८ गते नेपाल आउने

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार ०२:१२

२ बैशाख २०७९, काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस वैशाख ८ गते नेपाल आउने भएका छन्। उनी तीन दिनको लागि सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।


(डब्लुएचओ)का गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्ने स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए । नेपाल आएको बेला डा.गेहब्रेयसले विभिन्न भेटघाट कार्यक्रम रहेको पोखरेलले बताए ।

प्रतिकृया