• १२ साउन २०८३, मंगलबार
  • ११:४७ बिहान

पूर्वका दुई शहर कब्जा गर्ने रुसी प्रयास विफल पारेको युक्रेनी दाबी

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार ०२:३६

२ बैशाख २०७९, काठमाडौं : रुस–युक्रेन युद्धको क्रममा रुसले पूर्वी युक्रेनका पोपास्ना र रुबिज्ने शहरलाई कब्जा गर्ने प्रयास गरेको थियो । तर, रसी प्रयास विफल पारेकोको युक्रेनी सेनाले दावी गरेको जनाइएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै पूर्वी युक्रेनको डोनेत्स्क र टाभ्रिया क्षेत्रमा रहेका पोपास्ना र रुबिज्ने शहरलाई कब्जा गर्ने रुसी प्रयासलाई असफल पारेको जनाएको हो ।


पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा रुसीले गर्न लागेको आठ आक्रमण असफल पारेको बीबीसीले जनाएको छ । यसक्रममा युक्रेनी फौजले रुसका चार ट्यांक, ६ बख्तरबन्द गाडी, चार सैनिक सवारी साधन र एक आर्टिलरी प्रणाली ध्वस्त पारेको बताइएको छ । यद्यपि युक्रेनी फौजको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बताइएको छ ।

Kamana Sewa

पछिल्ला केही दिनयता रुसले राजधानी किभ आसपासबाट आफ्ना सैनिक फिर्ता बोलाएर आक्रमणलाई पूर्वी तथा दक्षिण युक्रेनतर्फ केन्द्रित गर्दै आएको छ । (एजेन्सी)

Classic Tech Desktop

प्रतिकृया