• २६ भदौ २०८३, शुक्रबार
  • ४ः४७ बेलुका

झापाको विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार १०:३७

१२ साउन २०८३ झापा – झापाको मेचीनगर–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएकी हुन्।

National Life

प्रहरीका अनुसार ढुङ्गाना आफ्ना श्रीमान् रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। विद्यालय बिदापछि सोमबार दुवै जना सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा गुप्ताले विद्यालयका प्रधानाध्यापकलाई वाट्सएप सन्देश पठाउँदै श्रीमती झुन्डिएको अवस्थामा फेला परेको र कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए।

स्थानीयका अनुसार गुप्ता आइतबार साँझ विद्यालयबाट दुईवटा झोला बोकेर बाहिरिएको देखिएका थिए र त्यसयता सम्पर्कविहीन छन्।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान सुरु गरिएको, शव परीक्षणको प्रक्रिया अघि बढाइएको तथा सम्पर्कविहीन रहेका श्रीमान्को खोजी भइरहेको जनाएको छ। प्रहरीले मृत्युको कारणबारे अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिकृया