• १५ असोज २०८३, बिहीबार
  • १०ः५६ बिहान

बजेट कार्यान्वयन प्रभावकारी बनाउन उद्योगपतिसँग अर्थमन्त्रीको विशेष छलफल आज

प्रकाशित मिति

२०८३ श्रावण १२ गते, मंगलवार १०:४७

१२ साउन २०८३ काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले देशका अग्रणी उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा आज अपराह्न ३ बजेदेखि हुने ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’मा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपति सहभागी हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

National Life

छलफलमा अर्थमन्त्री डा. वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीलगायत अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरूको पनि सहभागिता रहनेछ।

सरकारले निजी क्षेत्रका सुझावका आधारमा बजेट कार्यान्वयनलाई थप प्रभावकारी र उत्पादनमुखी बनाउने उद्देश्यले उक्त छलफल आयोजना गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया