• १३ साउन २०८३, बुधबार
  • ११:२४ बेलुका

एमाले अध्यक्ष ओली सर्लाही जाँदै

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार १२:३२

२ बैशाख २०७९, काठमाडौं : नेकपा एमालेका केपी शर्मा ओली सर्लाही जाने भएका छन् । भोलि शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन् ।


आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका २, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो । सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया