• ३१ भदौ २०८३, बुधबार
  • १०ः५८ राती

मन्त्रिपरिषद्का ४ निर्णय सार्वजनिक, ९ विधेयक संसद्मा पेस गर्न स्वीकृति

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार ०९:१९

काठमाडौं — आज बसेको मन्त्रिपरिषद् बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

National Life

बैठकले विभिन्न विषयसँग सम्बन्धित ९ वटा विधेयक संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। साथै, मन्त्रिपरिषद्ले अन्य तीन निर्णय पनि गरेको सरकारले जनाएको छ।

सरकारले निर्णयहरूको विस्तृत विवरण क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्णय

– यी विधेयकलाई संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने,

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,

खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,

संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक,

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक,

बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक,

आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक,

कर्मचारी सञ्चय कोष ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक।

– शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने

– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने

– शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली २०८३ लाई स्वीकृत गर्ने

प्रतिकृया