• ३१ भदौ २०८३, बुधबार
  • ९ः२६ राती

प्रमुख निर्वाचन आयुक्तसहित तीन जनाको नाम संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार ०३:३७

१३ साउन २०८३ काठमाडौं – संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तका लागि सिफारिस भएका तीन जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

National Life

बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

दुई आयुक्तको संसदीय सुनुवाइ मंगलबार सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ बुधबार गरिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया