• ३१ भदौ २०८३, बुधबार
  • १०ः१६ राती

सुनसरी घटनापछि प्रधानमन्त्री शाह सक्रिय, सुरक्षा अवस्थाबारे उच्चस्तरीय ब्रिफिङ

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार ०९:२९

काठमाडौं— सुनसरीमा साउन ११ गते भएको गोलीकाण्डपछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उच्च सुरक्षा अधिकारीहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्। घटना भएको दुई दिनपछि प्रधानमन्त्री शाहले पछिल्लो सुरक्षा अवस्था, सम्भावित चुनौती र जोखिमका विषयमा जानकारी लिएका हुन्।

National Life

सुनसरीमा एक जनाको मृत्यु हुने गरी भएको घटनापछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको परिचालनपछि सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको बताइएको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सुनसरीको पछिल्लो वस्तुस्थितिबारे विस्तृत जानकारी लिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको अवस्था पूर्ण रूपमा नियन्त्रणमा लिन, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न हुन सक्ने तत्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्।

उनले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि प्रकारको सम्झौता नगर्न स्पष्ट निर्देशन दिँदै गृह मन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न पनि निर्देशन दिएका छन्।

प्रतिकृया