• २ असोज २०८३, शुक्रबार
  • ५ः४१ बेलुका

नेप्सेमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार ०३:१५

१३ साउन २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा झरेको छ।

National Life

आज ३४३ कम्पनीका ९७ लाख ३९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारका क्रममा १३ मध्ये ११ उपसूचक घटेका छन् भने दुई उपसूचकमा मात्रै सामान्य सुधार देखिएको छ। यसदिन सबैभन्दा बढी गिरावट फाइनान्स समूहमा देखिएको हो।

आज ७८ कम्पनीको शेयर मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया