• ३१ भदौ २०८३, बुधबार
  • ६ः१५ बेलुका

सवारी दुर्घटनाका पीडितका लागि छुट्टै बीमा कोष बनाउन ट्रक व्यवसायीको माग

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार ०३:२३

१३ साउन २०८३ काठमाडौं – ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितको उपचार र राहतका लागि छुट्टै बीमा कोष स्थापना गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर हालको बीमा व्यवस्थाले वास्तविक उपचार खर्च धान्न नसक्ने भन्दै छुट्टै राहत कोषको आवश्यकता औँल्याएको हो।

National Life

महासंघका अनुसार बीमाले तोकेको तीन लाख रुपैयाँ उपचार खर्च धेरै अवस्थामा अपुग हुने भएकाले अतिरिक्त रकम व्यवसायी, सवारीधनी र सम्बन्धित संस्थाले व्यहोर्नुपर्ने बाध्यता छ।

जवाफमा अर्थमन्त्री वाग्लेले बीमाले नसमेटेका खर्चका लागि छुट्टै राहत कोष स्थापना गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। उनले सरकार र व्यवसायीको साझेदारीमा आवश्यक निर्देशिका बनाएर कोष सञ्चालन गर्न सकिने धारणा राखे।

Classic Tech Mobile
Classic Tech Desktop

महासंघले दुर्घटनापीडितलाई उपलब्ध गराइने राहत तथा उपचार खर्चमा प्रयोग हुने रकमलाई मूल्य अभिवृद्धि कर (भ्याट)बाट छुट दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।

प्रतिकृया