• १२ साउन २०८३, मंगलबार
  • ७:२९ बेलुका

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ खुल्दै

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार १२:४६

२ बैशाख २०७९, काठमाडौं : विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना आसपासका जनताका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख ११ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीका लागि आह्वान गर्न लागेको हो ।


कम्पनीले आफ्नो जारी पूँजी (रु एक अर्ब) को १० प्रतिशतले हुने रु १०० अङ्कित दरका १० लाख कित्ता शेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका–८ र ९का बासिन्दाका लागि सात लाख कित्ता शेयर सुरक्षित गरेको छ ।

Kamana Sewa

साथै बाँकी तीन लाख कित्ता शेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दालाई छुट्याइएको छ । कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले यही वैशाख ११ गतेदेखि छिटोमा वैशाख २५ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

Classic Tech Desktop

कम्पनीले हाल क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिका भएर बहने रुदी खोलामा ‘रुदी ए आठ दशमलव आठ मेगावाट’ र ‘रुदी बी छ दशमलव छ मेगावाट’ क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।


साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको विरौटा तथा पोखरा शाखा, सिभिल बैंक लमजुङ शाखाको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेँसीशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेँसीशहर शाखा र आयोजनाको कार्यालयस्थलबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिकृया