• १२ साउन २०८३, मंगलबार
  • ६:२३ बेलुका

कैलालीका अर्जुन दासको हत्या गरेको आरोपमा ४ जना पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार १२:४८

२ बैशाख २०७९, काठमाडौं : कैलालीमा एक जनाको हत्या भएको थियो । उक्त व्यक्ति कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दास रहेका थिए । सो घटनाम संलग्न भएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास रहेका छन् । हत्या गरेको आरोपमा ४ जनालाई वैशाख १ गते रुपनदेहीको बेलहियाबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

Kamana Sewa

अर्जुन दासको शव गत वर्ष पुस ३ गते भेटिएको थियो । दासको टाउको काटेर छुट्याएको अवस्थामा स्थानिय अमरावती सामुदायिक बनमा भेटिएको थियो ।

Classic Tech Desktop

प्रतिकृया