• 5:51 pm

छ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ११:३९

३० चैत्र २०७८, काठमाण्डौं : नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको हो।


मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।


चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया