• २६ साउन २०८३, मंगलबार
  • ७:४७ बिहान

डा.आरजू देउवाले निर्वाचन आयोगलाई स्मरण गराइन् संविधान

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार १०:०९

३० चैत २०७८, काठमाडौं : नेपाली कांग्रेसकी नेतृ डा.आरजू राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छिन् । निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजूले आपत्ति जनाएकी हुन् ।


उनले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई नेपालको संविधानको धारा ३८ (४) पनि स्मरण गराएकी छिन् । धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ उल्लेख छ ।

Kamana Sewa

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) मा राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।

Classic Tech Desktop

प्रतिकृया