• २० भदौ २०८३, शनिबार
  • १ः५५ राती

युनिग्लोब कलेजको दीक्षान्त समारोह सम्पन्न, १ सय ६४ बिद्यार्थी दीक्षित

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार ०५:२८

सुजिता सापकोटा, २८ चैत २०७८, काठमाडौं : युनिग्लोब कलेजले मंगलबार एमबिए, एमबिए -फाइनान्सको दीक्षान्त समारोह सम्पन्न गरेको छ । लाजिम्पाटस्थित रेडिसन होटलमा उक्त दिक्षान्त समारोह आयोजना गरिएको हो । युनिग्लोबले आज सोमबार एमबिए र एमबिए फाइनान्सका १ सय ६४ बिद्यार्थीहरूलाई दीक्षित गरेको कलेजका प्रिन्सिपल डा. नर बहादुर बिष्टले जानाकारी दिएका छन् ।

National Life

यस दीक्षान्त कार्यक्रममा युनिग्लोबले एमबिए, एमबिए-फाइनान्सका विद्यार्थीहरुबाट उत्कृष्ट विद्यार्थीहरु छनोट गरी विभिन्न विधामा अवार्ड समेत बितरण गरेको छ । साथै, याक्टिभ एण्ड डायनामिक पर्स्नालिटी, डिसिप्लिन्ड पर्स्नालिटी जस्ता अवार्डबाट विद्यार्थीहरु सम्मानित समेत भएका छन् ।

अनन्तराज घिमीरेले उद्धोष गरेका यस दिक्षान्त कार्यक्रममा एनएमबी बैंक तथा गोल्डेन ग्रुप अफ कम्पनीका चेयरम्यान पवन कुमार गोल्यान कि नोट स्पिकरकका रुपमा रहेका थिए । गोल्यानल युनिग्लोबका एमबिए , एमबिए – फाइनान्सबाट दीक्षित विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गरेका थिए । विद्यार्थीले जब् अफरकाबारे बोलिदिन आग्रह गरेपश्चात यसबारे प्रकाश पार्दै उनले कुनै पनि जबमा जाँदा बुद्धिमानीपूर्वक (वाइज्ली) छनोट गर्न समेत सुल्झाए ।

Classic Tech Desktop

यस्तै, एमबिए फाइनान्सका विद्यार्थी संजोग उप्रेतिले कलेमा बिताएको साँढे २ वर्ष उत्साहपूर्वक बितेको र यस समयमा पर्फेक्सन, कमिट्मेन्ट, डेडलाइन र डिसिप्लिन के हो भन्ने सिकेको प्रश्ट पारे ।

प्रतिकृया