• 10:28 am

कोरोना अपडेट : थप २२ जनामा सङ्क्रमण पुष्टि

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार ०४:२३

२८ चैत २०७८, काठमाडौं : देशभर थप २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप ४६ जना निको भएका छन् ।


नेपालमा हाल निको हुने दर ९८.७ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिकृया