• 5:24 pm

टिपर दुर्घटनामा सहचालकको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र २६ गते, शनिबार १२:३१

२६ चैत्र २०७८, काठमाडौँ : नाङ्गेबजारमा टिपर दुर्घटना भएको छ । दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटा रहेका छन् । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।


टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको थियो । बाँस्कोटा टिपरका सहचालक हुन् ।

प्रतिकृया