• 1:01 pm

कोरोना अपडेट : २५ जनामा संक्रमण पुष्टि, मृत्यु शून्य

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार ०५:०४

१७ चैत २०७८ काठमाण्डौं : पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएन ।


मन्त्रालयका अनुसार अहिले देशभर १०८१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ६०२६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।

प्रतिकृया