बागमती प्रदेशका आर्थिक मन्त्रीलाई धादिङमा आक्रोषित जनताको घेराउ (फोटोसहित)
प्रकाशित मिति
२०७८ चैत्र ७ गते, सोमबार ०९:०९
सुजिता सापकोटा ७ चैत २०७८, काठमाडौं : बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकटेल र निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीलाई धादिङका स्थानीय जनताले घेराउ गरेका छन् । सेमजोङमा माओबादीको प्रशिक्षण कार्यक्रममा गएर फर्कँदै गरेका मन्त्री र उपमेयलाई स्थानीयवासीले नयाँबस्ती टोलनजिक अलपत्र रहेको पुल छेउमा घेराउ गरेका हुन् ।
पाँच वर्षसम्म पनि निलकण्ठ नगरपालिका र नेत्रावती गाउँपालिका जोड्ने पुल अलपत्र छाडिएकाले जनता आक्रोषित भई मन्त्री जमकटेल र उपमेयर भण्डारीलाई घेराउ गरेको स्थानीयबासी कल्पना सापकोटाले बताएकी छिन् । सयभन्दा बढि जनताले घेराउ गरेर पुल निर्माणमा ढिलासु्स्ति किन भनी मन्त्री र उपमेयरलाई प्रश्न गरेपछि मन्त्री भण्डारीले ठेकेदार प्रकाश गौतमलाई फोन गरी कार्य सुचारु गर्न निर्देशन दिएका छन् । सवै जनताले सुन्ने गरी फोन स्पिकरमा राखेर मन्त्रीले पुलका ठेकेदारलाई अबको ३ दिनमा काम शुरु नगरे कालोसूचीमा राख्ने चेतावनी समेत दिएका स्थानीयवासीले बताएका छन् ।


म २ सय जनताको घेराउमा छु, पुल अलपत्र रहेछ किन काम नगर्नुभएको, तुरुन्तै काम शुरु गनुभएन भने तपाँइलाई कालो सूचीमा हाल्छु , मन्त्री जमकटेलको भनाई उद्धृत गर्दै शिब प्रसाद सापकोटाले मातृभुमी न्युज डट कमसँग भने । मन्त्रीको प्रतिउत्तरमा ठेकेदारले ३ दिनभित्रै पुल निर्माणको कार्य सुचारु गर्ने प्रतिबद्धता जनाएका छन् ।

गत पुस २३ गते बगमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे स्थानीय एक सहकारीको बार्षिक उत्सबमा जाँदा स्थानीयलाई पुलबारे आश्वासन दिएपनि केहि काम नभएकाले जनताले मन्त्री र उपमेयरलाई घेराउ गर्ने उक्त कदम चाल्न जनता विवश भएका समाजसेवी स्थानीवासी राजेन्द्र सापकोटाले जनाए । उनका अनुसार मन्त्री जमकटेललाई सेमजोङ जाँदै गरेको देखेपछि जनताले विहान करिब ८ बजेदेखि बेलुकी ६ बजेसम्म पुलनजिक कुरेर बसेका हुन् ।

यसरी मन्त्री र उपमेयरको बाटो छेकेरै ध्यानाकर्षण गराए पनि ठेकेदार पहुँचवाला भएकाले अझैपनि काम हुनेमा विश्वस्त नरहेको स्थानीयवासीको भनाई छ ।









प्रतिकृया