• 4:10 pm

महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई हस्तान्तरण

प्रकाशित मिति

March 17, 2022

३ चैत्र २०७८, काठमाडौँ : महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई हस्तान्तरण गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन प्रयोग गरिएको सयपत्रीको फूल निःशुल्क गुर्जो अभियानलाई हस्तान्तरण गरेको हो ।


महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन विभिन्न दाताले सहयोग गरेको करिब एक टन सयपत्री लगायत फूल गुर्जो अभियानलाई दिइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेले बताइन् । कोषले उपलब्ध गराएको फूलमा अन्य जडिबुटी पनि मिसाएर गुर्जोको धुलो र चिया बनाई देशका विभिन्न भागमा निःशुल्क सेवा गरिने भएको छ ।


गुर्जो लगायत ६० प्रकारका जडिबुटीमा सयपत्री लगायत फूल पनि उपयोगी हुने भएकाले कोषसँग लिइएको अभियानकर्मी कमलबहादुर राजलवटले बताए । फूलमा अन्य जडिबुटी पनि मिसाएर बनाइने गुर्जोको धुलो र चिया देशभर सञ्चालनमा रहेका गुरुकुलमा लगिने जनाइएको छ । गुरुकुलले चिनी र चियापत्ती मिसिएको चियाभन्दा गुर्जो लगायत जडिबुटीबाट बनेको चिया रुचाएकाले निःशुल्क सेवा गर्न लागिएको अभियानकर्मी राजलवटले जानकारी दिए ।


गुर्जो लगायत जडिबुटीबाट बनेको चिया र धुलोले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले उपयोगी मानिन्छ । कोरोना र मौसमी फ्लुबाट बच्न गुर्जोको चिया र धुलो सहयोगी हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । गुर्जोलाई संस्कृत भाषामा अमृता भनिन्छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोगी भएकाले यसलाई अमृत अर्थात् अमृता भनिएको हो ।


गुर्जोबाट बनेको चिया र धुलो गर्भवती महिला र छ वर्षभन्दा मुनिका बालबालिकाले भने उपयोग गर्नुहुँदैन । न्यून रक्तचाप भएकाले भने यसलाई बिरेनुन वा नुन राखेर खान सक्ने जनाइएको छ । उच्च रक्तचाप हुनेका लागि भने गुर्जोका परिकार राम्रो मानिन्छ

प्रतिकृया