• ४ साउन २०८३, सोमबार
  • १:३५ बिहान

बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०५:५४

३ चैत्र २०७८, काठमाडौँ : काठमाडौँको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौँ प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जनाए ।


उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।

Kamana Sewa

‘दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको छ’ मैनालीले भने ।

Classic Tech Desktop

प्रतिकृया