हाम्रो टीम निर्वाचित भएर आउँदा समग्र कार्यलय विकास निर्माणको अस्तव्यस्थ थियो : नगर प्रमुख सन्तोष चालिसे
प्रकाशित मिति
२०७८ चैत्र ३ गते, बिहीबार ०४:२८
३ चैत २०७८, काठमाडौं : गोकर्णेश्वर नगरपालिका प्राकृतिक र साँस्कृतिक सम्पदा युक्त नगरपालिका हो । यहाँका अनुपम सम्पदा र प्राकृतिक सौदर्यता नगरपालिकालाई मनोरम बनाएको छ । स्थानीय तहको निर्वाचनपछि गोकर्णेश्वर नगरपालिकामा अपेक्षा भन्दा बढि विकास भएका छन् । नगरपालिकाले यस अवधिमा गरेका विकास निर्माण र सेवा प्रवाहका बारेमा हाम्रा संवाददाताले नगर प्रमुख सन्तोष चालिसेसँग गरेको कुराकानी ।
गोकर्णेश्वर नगरपालिका पाँच वर्षमा नमूना हरेक कुराको तथ्याङ्क छ, जनप्रतिनिधि भएर आएको यस अवधिलाई यहाँले कसरी हेर्नु भएको छ ?

म यस गोकर्णेश्वर स्थानीय सरकारको पहिलो नगर प्रमुख हुँ । यसमा म गर्व गर्छु । म लगायत हाम्रो टीम निर्वाचित भएर आउँदा समग्र कार्यलय, सेवा प्रवाह र विकास निर्माणको अस्तव्यस्थ थियो ।

हामी निर्वाचित भएर आएकै १५ दिनमा नीति, कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने बाध्यता थियो । तर पनि हामीले नीति, कार्यक्रम र बजेट निर्माण गरी कार्यान्वयन गरियो । हामी निर्वाचित हुनु भन्दा पहिलो वर्षमा ७ करोड रुपियाँ मात्र राजश्व संकलन भएको थियो । सोही वर्ष १३ करोड राजश्व संकलन गर्ने लक्ष्य राखियो । केहीले आलोचना पनि गरे तर सोही वर्ष १३ करोड २५ लाख राजश्व संकलन भयो । दोस्रो वर्ष २४ करोडको लक्ष्य थियो तर ११ महिनामा २४ कारोड राजश्व संकलन भयो । तेस्रो वर्षमा ४० करोड रुपियाँ संकलन गर्ने लक्ष्यमा ५४ करोड राजश्व संकलन भयो । अहिले ६० करोडको लक्ष्य छ अहिलेसम्म ४० करोड संकलन भइसकेको छ असारसम्ममा लक्ष्य भन्दा बढि संकलन हुने अपेक्षा गरिएको छ ।
स्थानीय तहको निर्वाचन अगाडि राजश्व संकलन नहुनमा कमाजेरी के के रहेछ ?
स्थानीय तहको निर्वाचन अगाडि कानुको अभाव थियो । मैले निवाृचित भएपछि कानुन बनाएर सबैजसो क्षेत्रलाई राजश्वको दायरमा ल्याए । कर नतिरि उपाय नहुने अवस्था बनाइयो । राजश्वयका दर भन्दा पनि दायरा बढाइयो । सबैलाई राजश्वको दायरामा ल्याउने हो भने गोकर्णेश्वर नगरपालिकामा एक वर्षमा एक अर्ब रुपियाँसम्म राजश्व संकलन गर्न सकिन्छ । पहिला ७ करोडबाट अहिले ६० करोड पुग्दैछ । दत्तचित्त भएर काम गर्ने हो भने गर्न नसकिने भन्ने केही छैन ।
पहिलो एउटै कोठामा कार्यालय थियो अहिले नौवटा शाखा छन । सबै शाखाबाट प्रशासनिक सहज र सर्वशुलभ सेवा छन् । यसलाई सिट्ममा ल्याउने कार्य गरेको छ । १६ वटा कानुन पास भएको छ । डिजिटल डाटा कार्यान्वयमा भएको छ । नगरपालिकाको विदेश भएका व्यक्ति र हरेक व्यक्तिको ब्लड ग्रुप , बालबालिका, ज्योष्ठ नागरिक लागयतका सबै तथ्याङ्क छ ।
पहिला हचुवामा योजना बनाइथ्यो अहिले तथ्याङ्कमा योजना बन्छ ।
यहाँको नगरपालिका महानगरसँग जोडिएको छ । विकासको रुपमा नागरिकले देखिने गरी गरेका विकास केके हुन् ?
मैले निर्वाचनका क्रममा जनतासँग बाचा गरे अनुसार नै पहिलो शिक्षा, दोस्रो स्वास्थ्य, तेस्रो फोहोर मैला व्यस्थापन र चोथो कृषि र विकास निर्माण लाई मुख्य लक्ष्य बनाइयो ।सामाजिक क्षेत्रका कार्यलाई प्राथमिकता राखेर काम गरियो । यी सबै मानवका लागि अत्यावश्यक छ । भौतिक पुनःनिर्माणमा सबै वडामा बाटो ढलान, मठमन्दि पुनःनिर्माण उत्तरगया धाम पवित्र तिर्थस्थल बन्दैछ । उत्तरगया धाम मुलुकै प्रमुख तिर्थस्थल हुँदैछ । ४० करोडका लागनी भएको छ ,। पहिला र अहिले ठूलो परिवर्तन छ । गृहेश्वरदेखि बागद्धारसम्म अहिले सहजरुपमा मोटर साइकलमा जान सकिन्छ । विभिन्न स्थानको घाट पुनःनिर्माण भएका छ । खानेपानीका सबै योजना सम्पन्न हुने अवस्थामा छ । सुन्दरजली जोरपार्टी सडक अन्तिम चरणमा पुगेको छ । चार वर्षभित्रमा यत्तिको ठूलो परिवर्तन होला भन्ने सोचेको भन्दा बढि काम भएको छ । कुनैले औषधी खान पाइन भन्ने व्यक्ति नगरपालिका आएपछि रित्तो हात फर्कनु पर्दैन । कोरोना रोकथाममा उच्च सर्तकता अपनाएको छ ।
दुई लाख ६५ हजारले खोप लगाइ सकेको छन् । जनसंख्या भन्दा दोब्बरले खोप लगाएका छन् । जोरपार्टी चोकमा आकाशेपुल जग हाल्दैछ । स्थानीय पुस्तक पहिलो पटक निकालियो । हाम्रो गोकर्णेश्वर भन्ने पुस्तक प्रकाशन भएको छ । फोहोरमैला पहिलो नगरपालिको रुपमा गोकर्णेश्वर बनेको छ । सम्पूर्ण महिला समुदाय बनेको छ । एक सय भन्दा बढि हाते ट्याक्टर वितरण, धान बालीमा असिना लागेकालाई अनुदान प्रदान । ८९ वटा फममा म आफैं पुगेर अनुदान प्रदान गरेको छु ।
पशुपालन किसानका लागि कार्ड वितरण गरिएको छ । एक वर्षमा कार्डमा नगरपालिकाले दिएको अनुदान दिने कुरा भर्ने । दुईवटा गाई पालेको भए के हो व्यवसायिक रुपमा पालेको कुराको तथ्याङ्क छ ।
पर्यापर्यटनका लागि नक्शा निकालिएको छ । फोन नम्बर सहितको पुस्तक बनाइएको छ । कर्भड हल , खेलमैदान निर्माण भएको छ । कुनै पनि कुरा गर्न बाँकी र्छैन् । आजसम्म कसैले कमीकजोरी औंल्याएका छैन् । समग्ररुपमा सबैलाई पार्टीगत रुपमा विभेद नगरी काम भएको छ । वडादेखि सबै कर्मचारी वडा सदस्य सबैले साथ र सहयोगले काम भएको हो ।




प्रतिकृया