• २१ भदौ २०८३, आइतबार
  • ५ः०५ बेलुका

ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन २३ गते, सोमबार ०९:१६

२३ फागुन २०७८, काठमाडौँ : कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका-११ ओदारीमा एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वषर्ीय अनिल गाहा मगरको मृत्यु भएको हो ।

National Life

लु १ ह १९२३ नम्बरको अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति साढे ८ बजे भएको घटनापश्चात आक्रोशित स्थानीयवासीले पिपरा प्रहरी बिट तोड्फोडसमेत गरेका थिए ।


चालकलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया