• २१ भदौ २०८३, आइतबार
  • ४ः३७ बेलुका

भाडाको इन्जिन हालेर वायुसेवा निगमको जहाज ल्याइयो

प्रकाशित मिति

२०७८ फाल्गुन २३ गते, सोमबार ०८:५९

२३ फागुन २०७८, काठमाडौँ : गत पुस १३ गतेदेखि बिग्रिएर कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको न्यारो बडी विमान भाडाको इन्जिन जडान गरेर दुई महिनापछि नेपाल ल्याइएको छ।

National Life

निगमको न्यारोबडी ए ३२० विमान (एन–एकेडब्ल्यू) पुसमा काठमाडौं–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड थियो। यो विमान उडाएर नेपाल ल्याउन निगमले ग्लोबल टेन्डरमार्फत गरेर कम्पनी छनोट गरेर तीन महिनाको लागि भाडाको इन्जिन जडान गरेको निगमले जनाएको छ।


निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार निगमले नेदरल्यान्डस्को एमटियू मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनीमार्फत विमानको इन्जिन भाडामा लिएर जहाज नेपाल ल्याइएको हो। जहाज नेपाल ल्याउन तीन महिनाको लागि भाडा ९लिज०मा इन्जिन लिइएको उनले बताइन्। त्यतिन्जेल निगमले बिग्रेको उक्त इन्जिन बनाइसक्ने निगमको योजना रहेको उनको भनाइ छ।

Classic Tech Desktop

दोहास्थित कतार एयरवेजका इन्जिनियरिङ टिमले विमानको बायाँतर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेर निगमलाई इन्जिन फेर्न सुझाएको थियो। इन्जिनको उत्पादनकर्ता डिडब्ल्यूरआइएईसँग निगम व्यवस्थापनले गरेको परामर्शपछि इन्जिन मर्मत गर्न सकिने अवस्था रहेकाले तीन महिनालाई इन्जिन भाडामा लिएर निगमले उक्त जहाज नेपाल ल्याएको हो। नागरिक दैनिकबाट

प्रतिकृया