• ५ साउन २०८३, मंगलबार
  • १०:४२ बिहान

उदयपुर सिमेन्टलाई चाहिने चुनढुंगा र मेसिन किन्न बोलपत्र आह्वान

प्रकाशित मिति

२०७८ फाल्गुन १० गते, मंगलवार ११:०५

१० फागुन २०७८, काठमाडौं : उदयपुर सिमेन्टले खानीबाट चुनढुंगा ढुवानी गर्न बोलपत्र आह्वान गरेको छ । उद्योगले सिन्धुलीस्थित खानीबाट चुनढुंगा ओसार्न बोलपत्र आह्वान गरेको हो । खानीबाट ढुवानीकर्ताकै साधनबाट लोडिङ गर्नेगरी करिब ३ किलोमिटर वरिपरिबाट ५० हजार मेट्रिक टन चुनढुंगा ढुवानी गर्न बोलपत्र आह्वान गरेको हो ।


यस्तै, उद्योगले दुई थान ‘कोल मिल रोलर हब’ खरिद गर्न इजाजत प्राप्त इच्छुकहरूबाट समेत बोलपत्र आह्वान गरेको छ ।

Kamana Sewa

प्रतिकृया