• २१ भदौ २०८३, आइतबार
  • ३ः५९ राती

२४ घण्टामा ७४७ संक्रमित थपिए,८ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन २ गते, सोमबार ०५:३४

नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण थपिएको छ । ८ हजार ६९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ६ हजार २७९ जनाको पीसीआर र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

National Life

पीसीआर परीक्षणबाट ४८२ र एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ हजार ३१९ जनाले कोरोनालाई जितेका छन् ।


आज ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ । अहिले देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित छन्।

Classic Tech Desktop

प्रतिकृया