• 6:06 pm

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक, निर्वाचनको मिति घोषणा गर्ने तयारी

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार १०:२३

४ माघ २०७८ काठमाडौं : आज सोमबार मन्त्रिपरिषदको बैठक हुने भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।


उक्त बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । हिजोआइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।


यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

प्रतिकृया