• ४ साउन २०८३, सोमबार
  • ५:०६ बिहान

महालक्ष्मी नगरपालिकाको एघारौँ नगर सभा सम्पन्न, नगर उपप्रमुख थापाको बजेट तथा कार्यक्रम संशोधन प्रस्ताब सर्वसम्मत पारित

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०५:४०

२० पुस २०७८, काठमाडौं : महालक्ष्मी नगरपालिकाले आज एघारौँ नगर सभा सम्पन्न गरेको छ । उक्त सभामा नगर उपप्रमुख निर्मला थापाले आर्थिक वर्ष २०७८\०७९ का लागि स्वीकृत भएको बजेटमा संशोधनका लागि पेस गरेको प्रस्ताब सर्वसम्मत पारित भएको छ ।


महालक्ष्मी नगरपालिका, इमाडोलको आँगन पार्टी भेन्युमा आयोजित यस सभामा उपप्रमुख थापाले महालक्ष्मी नगरपालिकाको आर्थिक वर्ष ०७८\०७९ का लागि स्वीकृत भएको करिब १ अर्ब ९४ करोडको बजेटमा भएको संशोधित आय, ब्यय एबै बजेट तथा कार्यक्रममा संशोधन प्रस्ताब पेस गरेकी हुन् । उक्त संसोधन सम्बन्धी प्रस्ताव र विनियोजन विधेयक २०७८ (पहिलो संशोधन) माथि छलफल भई नगरसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको हो ।

Kamana Sewa

२०७८ असार १० गते दशौँ नगरसभाले यस नगरपालिकाको आर्थिक बर्ष ०७८\०७९ का लागि १ अर्ब ९४ करोड १ हजार १ सय १६ रुपैयाँ ९४ पैसा स्वीकृत गरेको थियो । यसमा उक्त आबको संशोधित आय २ अर्ब ३० करोड ६७ लाख ६१ हजार १ सय १६ रुपैयाँ २४ पैसा हुने अनुमान थापाको रहेको छ । त्यस्तै कूल संशोधित ब्यय २ अर्ब ३० करोड ६७ लाख ६१ हजार १ सय १६ रुपैयाँ २४ पैसा आँकलन गरिएको उनले बताइन् ।

Classic Tech Desktop

थापाका अनुसार संशोधित बजेट तथा कार्यक्रममा वडास्तरीय योजनाका लागि प्रति वडा १ करोड ५० लाखको दरले जम्मा १५ करोड थप बिनियोजन गरिएको छ । त्यस्तै, नगर स्तरीय योजनाका लागि थप १३ करोड ३५ लाख ५० हजार रुपैयाँ र सडक बोर्ड एबं अन्य साझेदारी योजना सञ्चालनका लागि रु ३० लाख बिनियोजन गरिएको छ । यस्तै, संघीय सापूरक योजनाका लागि ४ करोड १० लाख रुपैयाँ छुट्याइएको छ भने अन्य विभिन्न शिर्षकमा संशोधन गरिएको छ ।


उक्त सभामा नगर प्रमुख रामेश्वर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटा, प्रदेश सभा सदस्य माधवप्रसाद पौडेल तथा अन्य विशिष्ट ब्यक्तित्वको गरिमामाय उपस्थिति रहेको थियो ।


सभामा प्रदेश सभा सदस्य पौडेलले नगर सभाको शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया