• ७ साउन २०८३, बिहीबार
  • ५:५७ बिहान

यातायात सेवा प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०८:१०

१९ पुस २०७८, काठमाडौँ : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउन मातहतलाई निर्देशन दिएका छन्।


विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी’ कार्यक्रममा मुख्यमन्त्री राईले यातायात सेवा प्रभावकारी बनाउनका लागि सम्बन्धित कार्यालय प्रमुखहरूलाई महत्वपूर्ण निर्देशन दिएका हुन्। कार्यालयका प्रमुखहरुलाई निर्देशन दिने क्रममा मुख्यमन्त्री राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न जोड दिए। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने कार्यविधि तथा निर्देशिका बनाउनुपर्नेमा जोड दिएका थिए।

Kamana Sewa

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले ‘यातायात व्यवस्थामा अन्तर सरकारी समन्वय’ विषयमा जानकारी गराएका थिए। त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर १ यातायात व्यवस्था निर्देशनालयका निर्देशक भीम गौतमले निर्देशनालय मातहतका कार्यालयबाट प्रवाह गर्ने सेवाका विषय उल्लेख गरेका थिए। कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव डा। रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन चापागाईलगायतको उपस्थिति थियो।

Classic Tech Desktop

प्रदेश १ अन्तर्गत यातायात सेवा प्रवाह गर्ने आठ वटा कार्यालय रहेका छन्। प्रदेश सरकारको यातायात व्यवस्था निर्देशनालय अन्तर्गत आठ वटा कार्यालयमा करारसमेत गरी १७१ कर्मचारी कार्यरत छन्।

प्रतिकृया