• ८ साउन २०८३, शुक्रबार
  • १०:५५ बिहान

ज्ञानेन्द्र मल्लसहित खेलाडीहरु फर्किए बन्द प्रशिक्षणमा

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार ०७:०४

१९ पुस २०७८, काठमाडौँ : कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाउने निर्णयप्रति अवज्ञा गर्दै बन्द प्रशिक्षण बहिष्कार गरेका क्रिकेट खेलाडीहरु अन्ततस् सोमबार साँझ बन्द प्रशिक्षणमा फर्किएका छन्। पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका हुन्।


नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि मल्ल, पूर्व उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि भएको कारबाही फिर्ता लिन माग गर्दै उनीहरुसहित १४ जना खेलाडीले बन्द प्रशिक्षण बहिष्कार गरेका थिए।

Kamana Sewa

सोमबार भएको छलफलपछि मल्लसहित सबै खेलाडीहरु बन्द प्रशिक्षणका लागि पुगेका छन्। यसअघि राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासनायकले सोमबारसम्म खेलाडीहरु बन्द प्रशिक्षणमा फर्कने अपेक्षा व्यक्त गरेका थिए।

Classic Tech Desktop

प्रतिकृया