• 5:12 pm

राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा भर्त्सना

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०६:०८

१८ पुस २०७८, काठमाडौँ : गायक राजेशपायल राईमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले निन्दा गरेका छन् । गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए ।


अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि शेर्पाले हातपात गरेका थिए । उनको घाँटी निमोठ्दै उनीमाथि स्टेजमा शेर्पाले दुर्व्यवहार गरेका थिए । आयोजकले घटना सामान्य भएको भन्दै ढाकछोप गर्न खोजेको विषयलाई समेत अमेरिकामा रहेका कलाकारहरुले भर्त्सना गरेका छन् ।


नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुले समेत गायक राईमाथि भएको दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेका छन् । यस्तै, गायिका निशा सुनार अध्यक्ष रहेको नेपाली अमेरिकन कलाकार संघले पनि गायक राईमाथि भएको आक्रमणको भर्त्सना गरेको छ । उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

प्रतिकृया