• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

सकियो प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल , भोलि प्रचण्डले जवाफ दिने

प्रकाशित मिति

२०७८ पुष १५ गते, बिहीबार ०५:२०

१५ पुस २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । आज उठेका प्रश्नहरुमा अध्यक्ष प्रचण्डले भोलि जवाफ दिने भएका छन् ।


समूहगत छलफल सकिएपछि अब बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिने छन् ।

Kamana Sewa

प्रतिवेदनमाथिको छलफल सकिएपछि आज माओवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटीका एक नेताका अनुसार बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुने छ ।

Classic Tech Desktop

प्रचण्डको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । त्यसपछि टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए ।

प्रतिकृया