• ८ साउन २०८३, शुक्रबार
  • ९:०२ बिहान

पाँच महिनामा प्रेस स्वतन्त्रता हननका ३१ घटना, बागमती प्रदेशमा सवैभन्दा बढि

प्रकाशित मिति

२०७८ पुष १३ गते, मंगलवार ०४:०२

१३ पुस २०७८, काठमाडौं : प्रेस काउन्सिल नेपालका अनुसार विगत ५ महिनामा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएका छन् । प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार २०७८ साउन १ देखि २०७८ मंसिर मसान्तसम्ममा गिरफ्तारीका ५, कब्जारअवरोधका २, आक्रमणका २, धम्कीरदुर्व्यवहारका १२ र पेसागत असुरक्षाका १० घटना भएका छन् ।


प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेखअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १७ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यस्तै प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा यस्ता २र२ वटा घटना भएको पाइएको छ ।

Kamana Sewa

आर्थिक वर्ष ०७७र७८ मा भने प्रेस स्वतन्त्रता हननका ६१ वटा घटना अभिलेख भएको पनि प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिलले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्ने साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवं अनुगमन गर्दै आएको छ ।

Classic Tech Desktop

प्रतिकृया