• ८ साउन २०८३, शुक्रबार
  • ७:०० बिहान

वंशको निरंकुशता अन्त्य भए पनि व्यक्तिको निरंकुशता कायम : माधवकुमार नेपाल

प्रकाशित मिति

२०७८ पुष १३ गते, मंगलवार ०३:४७

व्यक्तिको निरंकुशता विचार र पार्टीको भर्याङ चढेर स्वार्थको सागर बनाउने रहेछ

१३ पुस २०७८, काठमाडौं पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वंशको निरंकुशता अन्त्य भए पनि व्यक्तिको निरंकुशता कायम नै रहेको बताएक छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि व्यक्तिको निरंकुशताको खतरा रहेको बताएका हुन् ।

Kamana Sewa

वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारिएको भए पनि अहिलेको व्यवस्थामा व्यक्ति विशेषको निरंकुशता देखिएको भन्दै उनले यसका विरुद्ध संघर्षको खाँचो औंल्याए ।

Classic Tech Desktop

‘व्यक्तिको निरंकुशता विचार र पार्टीको भर्याङ चढेर माथि चढ्ने र स्वार्थको सागर बनाउने रहेछ, उनले भने, ‘जनतमतबाट हिटलर आएका होइनन् ? समाजवादकै झण्डा बोकेका थिए त उनले । उनको पतन भयो । अरुको त के हैसियत छ र ?’


उनले मान्छेको विचारमा परिवर्तन ल्याउन सकेमात्र समाज परिवर्तन हुने बताए । आफूहरुले कम्युनिस्ट विचारलाई देशव्यापी बनाउँदै ३२ सालमा कोअर्डिनेशन केन्द्र बनाएको स्मरण गराउँदै उनले त्यतिबेला जम्मा ८ जना नेताबाट त्यो अभियान सुरु गरिएको बताए । उनले भने, ‘त्यसमा पनि चार जना त हराए, अहिले तीन जनामात्र छौं– म, झलनाथ खनाल र मुकुन्द न्यौपाने । संगठनमा मानिसलाई गोलबद्ध बनाउँदा बनाउँदा विशाल पार्टी बनायौं ।’


यसरी विभिन्न खुड्किलो पार गर्दै बनेको नेकपा एमालेलाई केपी शर्मा ओलीले कब्जा गरेपछि आफूहरुले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको उनको भनाइ छ । आफूहरुसँग विचार रहेको भन्दै उनले विचारकै आधारमा नेकपा एकीकृत समाजवादी पार्टी अग्रणी बन्न सक्ने दाबीसमेत गरे ।


नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीले आफ्नो हैसियत देखाइसकेको उनले बताए ।

प्रतिकृया